काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिले सारा विश्व ग्रस्त छ र महामारीसँग लडिरहेको छ ।
यसविरुद्धको औषधि तयार पार्नको लागि विश्वभरका सारा वैज्ञानिकहरु लागि परेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीवार कोरोना भाइरसविरुद्धको भ्याक्सीनलाई लिएर बैठक बसेको बताएका छन् ।
जसमा कोरोनाविरुद्धको भ्याक्सीनको बारेमा चर्चा भएको थियो । अमेरिकाले कोरोना भाइरसको भ्याक्सीनका २ मिलियन भन्दा धेरै डोज तयार गरेको बताएको छ ।
यो सुरक्षा जाँचमा पास भएलगत्तै यसको ट्रान्सपोर्टेशन शुरु गरिने बताइएको छ ।
ट्रम्पले भने, ‘हामीसँग कोरोना भ्याक्सीनलाई लिएर अविश्वसनीयरुपमा राम्रो गरिरहेका छौँ । हामीले अहिलेसम्म धेरै राम्रो परिणाम पाएका छौँ । र भ्याक्सीनलाई लिएर धेरै प्रगति भएको छ ।’
We had a meeting on vaccines yesterday, we are doing incredibly well. We can have some very positive surprises. Tremendous progress is being made on vaccines: US President Donald Trump. #COVID19 pic.twitter.com/e5sWs4cNDb
— ANI (@ANI) June 5, 2020
उनले दाबी गरेका छन् कि,यदि यो भ्याक्सीन सुरक्षा जाँचमा पास भएलगत्तै हामी यसको उत्पादनका लागि तयार छौँ । आमीसँग अहिले दुई मिलियन भन्दा धेरै डोज छ ।
अमेरिकामा कोरोना संक्रमितहरुमा यसको क्लिनिकल ट्रायल चलिरहेको छ । यसको तेश्रो चरणमा पोजेटिभ रिजल्ट आएको छ । रेम्डेसिभिर नामको यो औषधि गिलिड साइन्सेज कम्पनीले बनाएको हो ।
#WATCH …we are working with the world and we will work with China too. We will work with everybody. But what happened should have never happened: US President Donald Trump pic.twitter.com/cZr2bsOClD
— ANI (@ANI) June 5, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया