काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु भएको छ ।
अस्पतालको आईसीयूमा वार्डमा उपचाररत माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको आज (शनिवार) विहान मृत्यु भएको बताइएको छ ।
मृतक पुरुष ११ दिन अगाडि मात्र भारतबाट चितवनको माडी आएका थिए । ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रवार दिउँसो उनलाई भरतपुर अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएपछि उनमा कोरोना भाइरसको संक्रमण थियो वा थिएर भन्ने कुरा पत्ता लगाउनको लागि उनको स्वाब परीक्षणका लागि पठाइएको श्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया