ठेकेदारसँग घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

काठमाडौं । घुस लिदैँ गरेको अवस्थामा वडाअध्यक्ष पक्राउ परेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका बार्ड नम्बर ७ का वार्ड अध्यक्ष देवेन्द्र पुनले वनको काठ खरिद गर्दा सहजीकरण गर्न घुस लिएको अवस्थामा अख्यिार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको हो ।

ठेकेदारलाई वनको काठ सहजीकरण गरिदिने भन्दै ३ लाख रुपया घुस लिँदै गरेको अवस्थामा पुनलाई सालझन्डी १० सैनामैनाबाट नगद सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलका प्रवक्ता सुरेष भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?