कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ९८ हजार २४४ जनाको मृत्यु भईसकेको छ भने ६८ लाख ५० हजार ६१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ५१ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ६१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ११ हजार ३९० जनाको मृत्यु भईसकेको छ भने १९ लाख ६५ हजार ७०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख ३८ हजार ६४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जनालाई संक्रमण भएको छ भने ३५ हजार ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५२८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ४९ हजार ८३४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख १२ हजार ६८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार २६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ३३१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ७७४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार ५३१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६३ हजार ७८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार १११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ५५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० हजार ५०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६३ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ४१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६८ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ७८१ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख १४ हजार ७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५९७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६८ हजार ३४० जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३३ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार १६२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८७ हजार ४०० जनालाई संक्रमण भएको छ । त्यहाँ ७९ हजार २१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६७ हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २९ हजार ७४१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ९४ हजार ३३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५२ हजार ५६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १३ हजार १७० जनाको मृत्यु भईसकेको छ भने १ लाख १० हजार २६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६२५ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ७८ हजार ५९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ९३५ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ९८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३२ हजार ५८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९७ जनाको मृत्यु भएको छ भने ४ हजार ७३४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५६६ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ९०७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ११२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५ जनाको मृत्यु भएको छ भने ४७ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ७९८ जनाको मृत्यु भएको छ भने ११ हजार १२७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?