शहीदको सम्झनामा प्रतीक्षालय

मुग्लिन । शहीद डम्बर गुरुङको सम्झना र सम्मानका लागि प्रतीक्षालय निर्माण गरिएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे द्धन्दमा शहादत प्राप्त गरेका चितवन शारदा नगरका डम्बर गुरुङको सम्मानका लागि सङ्घीय सांसद कृष्णभक्त पोखरेल र प्रदेश सांसद घनश्याम दाहालले इच्छाकामना–६ स्थित भालुभञ्ज्याङमा प्रतीक्षालय निर्माण गरेका हुन् ।

प्रतीक्षालय निर्माणका लागि सांसदद्वय पोखरेल र दाहालले व्यक्तिगतरूपमा एक लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

सोही रकमले प्रतीक्षालय निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँकमिटीका इञ्चार्ज प्रताप गुरुङले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?