सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रवार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।
पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा. केएन पौडेलले जानकारी दिए। कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।
कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय युवक, वडा नं ३ तातापानीका २६ वर्षीय पुरुष, वडा नं ८ का १७ वर्षीय युवक, वडा नं ४ का ३७ वर्षीय पुरुष, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय युवक र महाबु गाउँपालिका–१ दैलेखका २६ पुरुष रहेका छन् ।
एक महिलाको ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रवारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया