कोरोनाको प्रकोप : भारतमा शुक्रवार अहिलेसम्मकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व ग्रस्त र त्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख ९८ हजार १४७ जनाको मृत्यु भएको छ भने ६८ लाख ४४ हजार ८४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३३ लाख ४९ हजार ६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार १८४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ १ लाख १३ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै ९ हजार ४७१ जना संक्रमित थपिएका छन् भने २८६ जनाको मृत्यु भएको छ । भारतमा शुक्रवार एकैदिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?