अन्डरवल्र्ड डन दाऊद इब्राहिमलाई कोरोना संक्रमण नभएकोबारे परिवारको यस्तो दावी

काठमाडौं । अन्डरवल्र्ड डन दाऊद इब्राहिमका भाइ अनिस इब्राहिमले आफ्ना दाजुलाई कोरोना नभएको बताएका छन् ।

यसअघि भारतीय इन्टेलिजेन्सी एजेन्सीहरुको हवाला दिँदै केही मिडियामा दाऊद र उनकी पत्नीमा कोरोना पोजेटिभ देखिएको समाचार बाहिर आएको थियो ।

यी रिपोर्टमा दुबैजना कराँचीस्थित आर्मी अस्पतालमा भर्ना भएको दाबी पनि गरिएको थियो । त्यस्तै, दाऊदका व्यक्तिगत सुरक्षाकर्मी र अन्य सहयोगीलाई पनि क्वारेन्टाइनमा राखिएको दाबी यी समाचारमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?