म्यानमारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, @# h]7 M Dofgdf/af6 @^ g]kfnL lkmtf{ lqe’jg cGt//fli6«o ljdfg:yndf z’qmaf/ Dofgdf/af6 p4f/ u/L NofOPsf g]kfnLx? . g]kfnL ;]gfsf cg’;f/ cfh cfOk’u]sf @^ hgfnfO{ a;’Gw/fl:yt otL kf6L{ Kofn];df /flvg] ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । म्यानमारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्मारबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्मारबाट आउनेमा वाग्मती प्रदेशका १७ जना रहेका छन् । गण्डकी प्रदेशका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन् ।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । उनीहरुलाई आज म्यान्मार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?