पाकिस्तानमा बम बिस्फोट

काठमाडौं । अफगानिस्तान र सीमावर्ती क्षेत्र पाकिस्ततानको उत्तर पश्चिम प्रान्तमा सडक किनारमा एक बम बिस्फोट भएको छ ।

बम बिस्फोटका कारण  दुई शिक्षकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको बाजुअर जिल्लामा बम ब्लास्ट हुँदा बाइकमा सवार दुई शिक्षकको मृत्यु भएको हो । उनीहरु स्कूलबाट घर जाँदै थिए ।

स्थानीयहरुका अनुसार निजी स्कूलमा अध्यापन गराउने अब्दूल रहमान र एक सरकारी स्कूलका शिक्षक इस्माइलको मृत्यु भएको हो ।

घटना पश्चाद् त्यको अनुसन्धानका लागि प्रहरी खटिएको छ । अहिलेसम्म कुनै आतंककारी समूहले यसको जिम्मेवारी लिएको छैन ।

पाकिस्तानी सेनाले सन् २०१४ मा उत्तरी विजिरिस्तानमा आतंकवादीहरुलाई नष्ट गर्ने र त्यो क्षेत्रमा लगभग एक दशक लामो विद्रोहलाई समाप्त गर्ने अभियान चलाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?