कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ९३ हजार ७२१ जनाको मृत्यु भईसकेको छ भने ६७ लाख ३१ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३२ लाख ७१ हजार ५१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ६०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १० हजार २१० जनाको मृत्यु भईसकेको छ भने १९ लाख २४ हजार ५९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ लाख १२ हजार ४३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३७ जनाको मृत्यु भएको छ भने ५४० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख १८ हजार ५५४ जनालाई संक्रमण भएको छ भने ३४ हजार ७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा २ लाख ७४ हजार ९९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३ जनाको मृत्यु भएको छ भने २ हजार ६८४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५२८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ४९ हजार ८३४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख १२ हजार ६८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ हजार ७२६ जना नयाँ संक्रमित थपिएका छन् भने १४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ७४० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ९०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८१ हजार ६६१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ६८९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार १३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६१ हजार ८९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५२ हजार ४४४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६९ हजार ९७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७३६ जनाको मृत्यु भएको छ भने १ लाख ८४ हजार ९२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६८ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार २७३ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ९ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६० जना नयाँ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६३० जनाको मृत्यु भईसकेको छ भने १ लाख ६७ हजार ४१० जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३१ हजार ७७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८३ हजार १९८ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार २२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६७ हजार १५६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २९ हजार ७४१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन् भने ६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ७ हजार ६७३ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ७२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५१ हजार ७३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १२ हजार ५४५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५ हजार ६८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ८१६ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ७५ हजार ४४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ५ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ८३८ जनाको मृत्यु भईसकेको छ भने ८९ हजार २४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३१ हजार १९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६८ जनाको मृत्यु भएको छ भने ३ हजार ९८५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५६६ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ९०७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ११२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ जनाको मृत्यु भएको छ भने १४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५ जनाको मृत्यु भएको छ भने ४७ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ४२३ जनाको मृत्यु भएको छ भने ३९ हजार ९९ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?