काठमाडौं । कोरोना भाइरसको प्रकोपका बीच युरोपीयन आयोगले सबै सदस्य देशहरुलाई जुनको अन्तिमसम्ममा आफ्ना देशका सीमा फेरी खोल्न आग्रह गरेको छ ।
साथै आयोगले २७ राष्ट्रहरुबीचमा पासपोर्ट मुक्त यात्रालाई अनुमति दिन आग्रह गरेको छ ।
एक युरोपीयन मिडिया आउटलेटसँग कुरा गर्दै युरोपीय संघका गृह मामिलाका आयुक्त यल्वा जोहानसनले कोरोना भाइरस (कोभिड-१९) महामारीको स्थितीमा तीव्र गतिले सुधार भईरहेको र सबै देश आन्तरिक रुपमा धेरै भन्दा धेरै प्रतिबन्ध हटाउन र यात्राको अनुमति दिनेको समय आईसकेको बताए ।
उनले भने, ‘एक समयसीमामा रहेर सदस्य सबै देशहरुले यो सबै गर्न आग्रह गर्दछु, कि जुन को अन्तिम सम्ममा अहिले लगाइएका सबै प्रतिबन्ध हटाउन आग्रह गर्दछु, साथै मानिसहरुको परीक्षणको बिना यात्राको अनुमति दिन आग्रह गर्दछु ।’
केहि युरोपीयन देशले पहिल्यै हटाइसके प्रतिबन्ध
जानकारी होस् की, युरोपीयन आयोगको आह्वान भन्दा पहिल्यै केहि युरोपीय देशहरुले देशको अर्थव्यवस्थालाई मध्य नजर गर्दै लकडाउन लगायतका विभिन्न प्रतिबन्ध हटाएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया