काठमाडौं । राजधानीको एक अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण देखिएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका र पोखराका बिरामीहरुमा कोरोना संक्रमण देखिएको हो ।
ती बिरामीहरु ६० र ७६ वर्षका रहेको अस्पताल स्रोतले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।
नेपालमा बितेको २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । हालसम्म ३ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ११ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया