युएईबाट १ सय ५७ जना नेपाली नेपाल आउँदै

काठमाडौं । युएईमा समस्यामा परेका १ सय ५७ जना नेपाली नेपाल उडेका छन् । उनीहरु एअर अरबियाको जी नाइन १७५१ मार्फत इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीका ७९ जना र अन्य ११ जना नेपालीसहित एकसय ५७ जनासहित युएईको शारहजाबाट नेपाल उडेका हुन् ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड भएपनि फर्कने नेपालीको सामान्य तापक्रम बाहेक कोरोना परीक्षण जाँच भएको छैन ।

युएईस्थित नेपाली दूतावासले प्राथमिकताको आधारमा नेपाल फर्काउने बताई रहदा २ ओटा कम्पनी मात्र कामदारहरु नेपाल फर्केका हुन् । जहाजमा १५७ यात्रु र एक जनाको शव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?