भारतमा बिहीवार अहिलेसम्मकै धेरै संक्रमित थपिए, मृतक पनि आजसम्मकै धेरै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । महामारीका कारण विश्वमा अहिलेसम्म ३ लाख ९३ हजार २१२ जनाको मृत्यु भईसकेको छ भने ६७ लाख २ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३२ लाख ५१ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ हजार ४५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण भारतमा अहिलेसम्म ६ हजार ३६३ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ७७० जनालाई संक्रमण भएको छ । त्यहाँ आज थप ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै १ लाख ९ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भईसकेका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार ९ हजार ८८९ जना संक्रमित थपिएका छन् । यो संख्या भारतमा एकैदिन थपिएकाहरुमध्ये सबैभन्दा धेरै संक्रमित संख्या हो ।

त्यस्तै भारतमा बिहीवार मात्रै २७५ जनाको मृत्यु भएको छ । यो संख्या भारतमा एकैदिन मृत्यु भएकाहरुको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?