भारत, ब्राजिल र रसियामा कस्तो छ कोरोनाको पछिल्लो अवस्था ?

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ६ हजार ३ सय १८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ८ हजार २ सय ५८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २५ हजार ८२ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ७ हजार ७ सय ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा २ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ६ सय ८८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५ लाख ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएको र २ लाख ६६ हजार १ सय ३२ जना उपचारपछि घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र ६ हजार ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय ४१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ६९ जनाको कोरोना संक्रमणको कारण ज्यान गुमाएको र ८ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म ४ लाख ४१ हजार १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ४ हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांकका अनुसार रसियामा हालसम्म कोरोनाको कारण ५ हजार ८४ जनाको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस (कोभिड- १९)को कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ९ सय ५७ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६६ लाख ४० हजार १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५५ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म ३२ लाख ५ हजार ४ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?