कोरोना विश्व अपडेटः ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार नाघ्यो, के छ पछिल्लो अवस्था ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस (कोभिड-१९)को कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ९ सय ५७ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६६ लाख ४० हजार १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५५ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म ३२ लाख ५ हजार ४ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको महामारीको असर सबैभन्दा बढी देखिएको छ । अमेरिकामा हालसम्म कोरोनाको कारण १ लाख ९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १९ लाख १० हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ३ सय बढीको ज्यान गएको र ८ हजार ६ सय ९ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ६ लाख ९० हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्र हालसम्म कोरोनाको कारण ३० हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने ३ लाख ८२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ६ सय ८८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५ लाख ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएको र २ लाख ६६ हजार १ सय ३२ जना उपचारपछि घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र ६ हजार ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय ४१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ६९ जनाको कोरोना संक्रमणको कारण ज्यान गुमाएको र ८ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म ४ लाख ४१ हजार १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ४ हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांकका अनुसार रसियामा हालसम्म कोरोनाको कारण ५ हजार ८४ जनाको ज्यान गएको छ ।

स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय २८ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ८७ हजार ४ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा हालसम्म २ लाख ८१ हजार ६ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाको कारण ३९ हजार ९ सय ४ जनाको ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ हजार ८ सय ५ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ६ सय ४ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र १ सय ७६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

इटालीमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८८ जनाको ज्यान गएको र १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोनाको कारण ३३ हजार ६ सय ८९ जनाको ज्यान गएको छ भने २ लाख ३४ हजार १३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ लाख ६१ हजार ८ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा ३ सय ३८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ६ हजार ३ सय १८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ८ हजार २ सय ५८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २५ हजार ८२ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ७ हजार ७ सय ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा २ सय ३० जनाको कोरोनाको कारण ज्यान गएको छ । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय १ पुगेको छ । बितेको २४ घण्टामा ८७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख ८४ हजार ४ सय ९२ पुगेको छ । हालसम्म १ लाख ६७ हजार ८ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ६ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ९४ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ७८ हजार ९ सय १४ जनामा कोरोना संकमण पुष्टि भएको छ । भने ७२ हजार ३ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् र ९ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?