कोरोना भयावह अमेरिकामा उच्च, १ लाख ९ हजार बढीको गयो ज्यान

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको महामारीको असर सबैभन्दा बढी देखिएको छ । अमेरिकामा हालसम्म कोरोनाको कारण १ लाख ९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १९ लाख १० हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ३ सय बढीको ज्यान गएको र ८ हजार ६ सय ९ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ६ लाख ९० हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
अमेरिकाको न्यूयोर्कमा मात्र हालसम्म कोरोनाको कारण ३० हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने ३ लाख ८२ जनामा संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ८९ हजार ६ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६६ लाख ३५ हजार २ सय ३७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३२ लाख १ हजार ५ सय ४० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?