इण्डोनेशियामा गयो शक्तिशाली भूकम्प, मानिसहरुको भागाभाग

काठमाडौं । कोरोना महामारीका बीच इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेज (जीएफजेड) का अनुसार इण्डोनेशियाको शेलमेहेरामा ६.४ रेक्टर स्केलको भूकम्प गए”को हो ।

भूकम्प जमीनभन्दा १०५ किमीको गहिराईमा गएको बताइएको छ ।

उत्तरी हालमाहेराको एक एजेन्सीका अनुसार अधिकारी पायस ओहिवुतुनले मानिसहरु घरबाट बाहिर भागेको बताएका छन् ।

परिस्थिती स्थिर भएको कारणले सुनामीको भने चेतावनी नदिइएको बताइएको छ ।

पहिला लन्स एन्जिल्समा भूकम्पको झड्का महशुस गरिएको र पछि त्यहाँ भन्दा २४१ किलोमिटर टाढा क्यालिफोनिर्याको रेगिस्तानमा ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसपछि भने हालमेहरामा भूकम्प गएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?