नेपालमा कोरोना अपडेट : थप एक जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार एकै दिन ३ सय ३४ जनामा संक्रमण देखिएको छ । जुन एक दिनमा संक्रमण हुनेमा अहिले सम्मकै बढी संख्या हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३१९ जना पुरुष र १५ जना महिला गरी जम्मा ३ सय ३४ जनामा संक्रमण देखिएको जानकारी दिए ।

नेपालमा अहिलेसम्मको ताजा स्थितीसम्म २ हजार ४ सय ५० जना पुरुस र १ सय ८४ जना महिला रहेका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुषको तानसेन स्थित मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

पछिल्लो २४ घण्टामा संक्रमण फेला पर्नेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगंजमा पर्साका १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलिका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटिका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना र सर्लाहिका ३ जना गरी कुल ९३ जनामा संक्रमण देखिएको छ । आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुस र १५ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नारायणी अस्पताल विरगंजबाट ५ जना र कलैया अस्पतालबाट ७ जनागरी १२ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए ।

सम्भवत बिहीवार (आजै) क्याबिनेटले प्रस्ताव स्वीकृत हुने स्रोतले बताएको छ ।

नेपालमा थप १२ जनाले जिते कोरोना, ३३४ जनामा एकैदिन संक्रमण

नेपालमा थप १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगे नेपालमा कोरोना संक्मण जित्नेको संख्या २ सय ९० पुगेको छ ।

नारायणी अस्पतालबाट ५ जनाले कोरोना जितेर घर फर्केका छन् ।  उनीहरु कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । उनीहरु २५ देखि ७० वर्षिय पुरुष रहेको उनले बताए ।

त्यस्तै, कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको १० देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु २८ देखि ४९ वर्षिय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।

कुल कोरोना संक्रमण जित्नेको संख्या २९० पुगेको छ । जसमा २ सय ३४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।

प्रदेशीक विवरण

प्रदेश नं १ –                 ४८ जना
प्रदेश नं २ –                ११९ जना
वाग्मती प्रदेश –           ३२ जना
गण्डकी प्रदेश –          ३ जना
प्रदेश नं ५ –               ७९ जना
कर्णाली प्रदेश –          २ जना
सुदुरपश्चिम प्रदेश –      ७ जना

नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

आज एकैपटक थपिए ३३४ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

नेपालमा आज (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३३४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?