स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालयमा सरुवा

काठमाडौं । स्वास्थ्य र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल मन्त्रालयमा सरुवा भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार स्वास्थ्य उनलाई मन्त्रालयमा तानेको हो ।

बिहीवार मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालय श्रोतका अनुसार दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ भने व्यवस्थापन महाशाखा निर्देशकको जिम्मा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई दिइएको छ ।

मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा लगेको छ । उनको ठाउँमा डा. संगीता कौशलले जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?