कोरोनाको खुलासा गर्ने डाक्टरको मृत्यु, उपचारका बेला कालो बनेको थियो छाला

काठमाडौं । चीनको वुहान शहरमा पहिलोपटक गत वर्षको ३१ डिसेम्बरमा कोरोना भाइरसको पुष्टि भएको थियो ।

चीनको वुहान शहरबाट विश्वका २१३ वटा देशहरुमा फैलिसकेको कोरोना भाइरसको बारेमा सबैभन्दा पहिला सचेत गराउने डाक्टर हू विफेन्गको मृत्यु भएको छ ।

उनको धेरै एन्टीबायोटिक्सको प्रयोगका कारण अनुहार पुरै कालो भएको थियो । उनी गएको ४ महिना यता कोरोना भाइरस संक्रमणको चपेटामा थिए ।

साथै उनी बीचमा रिकभर भएको र उनलाई भेन्टिलेटरबाट हटाइएको बताइएको थियो । उनी जनवरीमा कोरोनाको शिकार बनेका थिए ।

त्यहि अस्पतालमा हू विफेन्ग र डाक्टर वेनलियान्गसँगै काम गर्दथे । उनीहरुले गएको वर्षको डिसेम्बरमा कोरोनाको बारेमा आम मानिसहरुलाई चेतावनी दिएका थिए ।

त्यसबेला चिनियाँ प्रशासनले उनीहरुलाई आफ्नो मुख बन्द गर्न भन्दै धम्की दिएको बताइएको थियो ।

वेनलियान्गले अस्पतालबाट एक भिडियोको माध्यमले आफ्नो कहानी पोस्ट गरेका थिए । तर उनको पछि मृत्यु भएको थियो ।

यसैबीच कोरोनासँग लडिरहेका वीफेन्गको पनि मृत्यु भएको छ । चिनियाँ मिडियाका अनुसार उनी एक महिना भन्दा धेरै समय आईसीयुमा बसेका थिए ।

उपचारका क्रममा उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनको मृत्यु भएको हो । कोरोना भाइरसको कारण उनको शरीर नै कालो भएको बताइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?