काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८८ हजार ४१ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ७३ हजार ५४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ७० हजार ५०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ९१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज थप ९५ जना नयाँ संक्रमित थपिइसकेका छन् । त्यस्तै भारतमा १ लाख ४ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा बुधवार मात्रै कोरोना भाइरसको महामारीका कारण २५९ जनाको मृत्यु भएको छ भने ९ हजार ६३३ जना संक्रमित थपिएका छन् ।
योसंख्या भारतमा एकैदिन थपिएका संक्रमितहरुको अहिलेसम्मकै उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया