काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८७ हजार ९१३ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ६७ हजार ३९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ६८ हजार ९२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच मेक्सिको पछिल्लो समय कोरोनाको हटस्पोट बन्दै गएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९२ जनाको मृत्यु भएको छ भने ३ हजार ९१२ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै मेक्सिकोमा १ लाख १ हजार २३८ जनालाई संक्रमण भएको छ भने ११ हजार ७२९ जनाको मृत्यु भएको छ ।
त्यहाँ ५१ हजार ४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
मेस्किोमा बुधवार ३ हजार ८९१ जना संक्रमित थपिएका थिए भने ४७० जनाको मृत्यु भएको थियो । तर अचानक महामारीले १ हजार भन्दा धेरैको मृत्यु भएपछि मेस्किो त्रस्त बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया