विश्वभरका ६५ लाख १३ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वभरका ६५ लाख १३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  वर्ल्डोमिटर्सका अनुसार बुधबार अबेरसम्म ६५ लाख १३ हजार ८९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै ३ लाख ८४ हजार ६४२ जनाको मृत्यु हुँदा ३१ लाख बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरोनाबाट विश्वका सबैजसो देशमा प्रभाव परिसकेका छ । कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?