कुवेतको कोरोना अपडेट: ज्यान गुमाउनेको संख्या २ सय ३० पुग्यो

काठमाडौं । खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २ सय ३० जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ २९ हजार ३ सय ५९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १५ हजार ७ सय ५० जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ८४ हजार ६ सय ४२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६५ लाख १३ हजार ८ सय ९० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३१ लाख ९ सय ७१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?