यस्तो छ साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ५ सय ७९ जना मानिसको ज्यान गइसकेको छ । भने ९१ हजार १ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ३० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार १ सय ७१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ६८ हजार १ सय ५९ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने १ हजार ३ सय २१ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ८४ हजार ६ सय ४२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६५ लाख १३ हजार ८ सय ९० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ३१ लाख ९ सय ७१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?