सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न पाइने भएको छ ।
कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेबाट यार्सागुम्बा संकलन खोल्न नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरेको हो ।
हुम्ला, मुगु र डोल्पामा कोरोना संक्रमण अहिलेसम्म नदेखिएको र भारतबाट आएका नागरिकलाई सुर्खेतमै राखिने भएकोले ती जिल्लामा जोखिम कम भएका कारण यार्सा सकल खोल्न लागिएको हो ।
मन्त्रीपरिषद् बैठकले प्रदेश खाद्यान्न भण्डारण तथा आपूर्तिको व्यवस्था मिलाउने सम्बन्धमा कोभिड (१९ को प्रभावका कारण उत्पन्न हुन सक्ने सम्भावित खाद्य संकटलाइ दृष्टिगत गरि तत्काल चामल पच्चीस हजार क्विन्टल, गहुँ,बाह्र हजार क्विन्टल र दाल तीन हजार क्विन्टल गरि जम्मा चालिस हजार क्विन्टल खाधान्न खरिद गरि भण्डारण तथा आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसको लागि बजेटको व्यवस्था आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।
मन्त्री केसीका अनुसार बैठकले नेपाल सरकारबाट स्वीकृत कर्णाली प्रदेश बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७ स्वीकृत गरेको छ ।खाद्य सुरक्षाका लागि उत्पादन विशेष कार्यक्रम तथा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरिएको छ ।
बैठकले दैलेख,सल्यान,जाजरकोट , सुर्खेत,रुकुम पश्चिम, कालिकोट र जुम्ला जिल्लाका केहि स्थानीय तहमा रहेका अस्पताल ,स्वास्थ्य केन्द्र र अन्य उपर्युक्त स्थानमा आइसोलेसन बेड तयारी गर्ने र प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको लागि आवश्यक पीसिआर किट खरिद गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया