चु जी फाउण्डेशनद्वारा स्वास्थ्य मन्त्रालयलाई भेन्टिलेटर सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका विरामीहरुको उपचारको लागि सहयोग पु¥याउने उद्देश्य सहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवन रक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए । उनले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा विरामीको उपचारलाई ध्यान दिदै भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । उनले संक्रमण फैलिदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अति संवेदनशिल विरामीलाई मात्र अस्पतालमा उपचार गरिने बताए । सामान्य लक्षण समेत देखा नपरेका संक्रमितहरुलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने मन्त्री ढकालले बताए ।

पछिल्लो समय देशभर २ हजार २ सय भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । कोभिड–१९ संक्रमणका कारण गम्भिर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टीलेटर सेवा सहितको उपचार कक्ष आवश्यक पर्छ । तर त्यसका लागि अहिले सम्म आवश्यक तयारी भने गरेको देखिदैन् । मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तिब्रता दिएको अवस्थामा भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री सहयोग प्राप्त हुँदा आफुहरुको मनोबल बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?