मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भौतिक रकम विनियोजन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भौतिक पुर्वाधारका निमित्त विभिन्न योजनाहरु अन्तर्गत रकम विनियोजन गरिएका छन् ।

जस अन्तर्गत मेलम्ची-हेलम्बु सडक कालोपत्रे गर्न ५ करोड रुपैयाँ ,मेलम्चि-भोताङ खण्डको धाप भोताङ याङ्री सडक निर्माणका लागि ३ करोड रुपैयाँ ,फट्टे (दाउचेत-केउरेनी-बांसखर्क-बरुवा-याङ्री सडक स्तरोन्नतिका लागि २ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

त्यस्तै मोटर पुल तर्फ चिण्डे-बांसखर्क मोटरपुल र गुन्सा रैथाने मोटरपुलको लागि १/१ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

गत २०७६ मंसिर १९ गते पूर्व कानून मन्त्री एवम् सो क्षेत्रका माननीय सांसद श्री शेर बहादुर तामाङको सिफारिस र २०७६ साल पौष ९ गते माननीय तामाङ र आयोजनाको तर्फबाट डा.शम्भु कट्टेलको रोहबरमा गाउंपालिकाको तर्फबाट अध्यक्ष श्री टासी लामा र मेलम्ची खानेपानी बिकास समितिको तर्फबाट कार्यकारी निर्देशक श्री तिरेश प्रसाद खत्रीको हस्ताक्षरमा भएको सम्झौता अनुसारका केही आयोजनाहरु समेत थप गरि योजना छनौट गरि रकम बिनियोजन गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सि.डि.ई.राजेन्द्र पन्तले जानकारी दिए ।

आयोजनाका पदाधिकारीहरु र माननीय सांसद तामाङका तर्फबाट स्वकीय सचिव निर्मल बन्जारा बिच आज भएको आयोजना कार्यान्वयन सम्बन्धी छलफलमा पहिलो चौमासिक भित्र आवश्यक प्रक्रिया पूरा गरि दोश्रो चौमासिकबाट प्रभावित क्षेत्रका विकासे आयोजनाका काम सुचारु गरिने जानकारी माननीय तामाङका स्वकीय सचिव निर्मल बन्जाराले जानकारी दिएका छन् ।

स्मरण रहोस्, मेलम्ची आयोजना प्रभावित क्षेत्रका विकासे आयोजनाहरु तीव्र गतिमा अघि बढाउने र छिट्टै सम्पन्न गर्ने उद्देश्यका साथ दुई पक्ष बीच २०७६ पौष ९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?