काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ८२ हजार ४१२ जनाको मृत्यु भईसकेको छ भने ६४ लाख ८५ हजार ५७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३० लाख १० हजार ६९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ८ हजार ५९ जनाको मृत्यु भईसकेको छ भने १८ लाख ८१ हजार २०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६ लाख ४५ ९७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा अहिलेसम्म ३० हजार ७८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८१ हजार ९१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा १ लाख ६३ हजार १४७ जनालाई संक्रमण भएको छ भने ११ हजार ७८३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मंगलवार २१ हजार ८८२ जना संक्रमित थपिएका छन् भने १ हजार १३४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया