अमेरिकामा ह्वात्ते बढे कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार नाघ्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार ३ सय ५२ जना पुगेको छ ।

हालसम्म त्यहाँ १८ लाख ६६ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ७ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको र ४ सय २७ जना कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ६ लाख १६ हजार ८ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वभर कोरोनाका कारण ३ लाख ७९ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ६४ लाख २७ हजार ९ सय १५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमण जित्नेको संख्या २९ लाख ४३ हजार ३ सय ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?