कोरोनाकको ‘हट स्पोट’ बन्यो ब्राजिल : कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४०४ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ३ हजार ४१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै विश्वमा अहिलेसम्म ६३ लाख ६५ हजार ४७३ जनालाई संक्रमण भएको छ भने ५३ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो समय ब्राजिलको कोरोना भाइरसको हट स्पोट बन्दै गएको छ । ब्राजिलमा दैनिक हजारौँ संक्रमितहरु बढ्दै गईरहेका छन् ।

ब्राजिलमा यो समाचार तयार पार्दासम्म ३० हजार ४६ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २९ हजार ४०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २ लाख ११ हजार ८० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

ब्राजिलमा सोमवार मात्रै १४ हजार ५५६ जना संक्रमित थपिएका छन् भने ७३२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?