डिभी बन्द गर्ने प्रावधानसहितको विधेयक असफल, अब के हुन्छ ?

काठमाडौं, ४ फागुन । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट विभिन्न चार वटा आप्रवासनसम्बन्धि प्रावधानसहितका विधेयक असफल भएका छन् । जसमा डिभी चिठ्ठासहित अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षाको विषय समेत सामेल थियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विधेयक पारित नभएको कडा आलोचना गर्दैै यसविरुद्ध भिटो प्रयोग गर्ने चेतावनी दिएका छन् सिनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डेफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) विधेयक संसदबाट पारित हुन नसकेको हो राष्ट्रपति ट्रम्पले भने आगामी मार्च ५ सम्ममा यसको समाधान खोज्न संसदलाई आग्रह समेत गरेका छन् । डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका छन् भने फेमिली कोटाअन्तर्गत अमेरिकाको ग्रिनकार्ड भएकाहरुले दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न समेत सक्छन् ट्रम्पले भने यसबाट अमेरिकी नागरिक प्रभावित हुने र योग्यता नभएका मानिसहरु अमेरिका छिर्ने भन्दै डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्ने बताउँदै आएका छन् हरेक वर्ष चार हजार नेपाली समेत डिभी परेर अमेरिका जाने गरेका छन् । यो विधेयक असफल भएसँगै अमेरिका जान नपाउने भएका नेपालीहरुमा पुनः आशाको सञ्चार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?