११ वर्षीय यी बालकलाई कण्ठ छ यी १८ देशका राष्ट्रिय गीत

काठमाडौं, ३ फागुन – भारतका एक बालकले नेपाली भाषासहित १८ देशका राष्ट्रिय गीत कण्ठ बनाएका छन् । यति मात्र होइन, रुद्र प्रताप सिंह नाम गरेका ती भारतीय बालकले १८ देशको राष्ट्रिय गीतलाई एक सासमा गाउन पनि सक्छन् । उक्त किशोरले जुन देशको भाषा भएपनि राष्ट्रिय गीतको एउटै सन्देश एकता भएको बताएका छन् कतिपयलाई आफ्नै देशका राष्ट्रिय गीत आउँदैन तर ती किशोरले आफूले धेरैभन्दा धेरै देशका राष्ट्रिय गीत याद गर्ने चाहना भएको बताएका छन् । उनको उमेर बल्ल १३ वर्षको छ उनले नेपाल, भारत, अमेरिका, बेलायत, संयुक्त अरब अमिरत, साउदी अरब, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, चीन, श्रीलंका, जापान, इजरायल, फिलिपिन्स, अस्ट्रेलिया, क्यानडा, फ्रान्स र जार्डनका राष्ट्रिय गीत कण्ठ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?