यस्तो छ इटालीको पछिल्लो कोरोना अपडेट

काठमाडौं । कोरोना महामारीले अहिले सारा विश्व नै त्रस्त छ । इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार २ सय २९ पुगेको छ । बितेको २४ घण्टामा त्यहाँ ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४८ पुगेको छ ।

हालसम्म इटालीमा कोरोना उपचार गरि १ लाख ५२ हजार ८ सय ४४ जना घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितमध्ये ४६ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६४ हजार ३ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ७१ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म २६ लाख ३० हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ६ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?