अमेरिकामा कोरोना महामारी उस्तै, न्यूयोर्क सबैभन्दा बढी प्रभावित

काठमाडौं । कोरोनाभाइरसबाट अमेरिकामा हालसम्म एक लाख ३ हजार बढीको ज्यान गइसकेको छ भने १७ लाख ७६ हजार बढी संक्रमित छन् । अहिले पनि ११ लाख मानिस संक्रमितकै अवस्थामा रहेको सन्दर्भमा अमेरिकाको विभिन्न राज्य प्रभावित छन् ।

जसमध्ये न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ । न्यूयोर्कमा हालसम्म २९ हजार ६५३ जनाले ज्यान गुमाउँदा ३ लाख ७६ हजार बढी संक्रमित छन् ।
त्यसपछि न्यूजर्सीमा १ लाख ५९ जना संक्रमित रहँदा ११ हजार ५३१ को मृत्यु भएको छ । यस्तै क्यालिफोर्निया, इलिनोइ, टेक्सास, फ्लोरिडालगयतमा पनि व्यापक प्रभाव परेको छ ।

त्यस्तै, छिमेकी मुलुक भारतमा पनि कोरोनाको असर देखिएको छ । कोरोनाका कारण भारतमा ४ हजार ९ सय ७१ जनाको कोरोनाका कारण ज्यान गएको छ । भारतमा १ लाख ७२ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ८१ हजार ८ सय ४२ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

भारतमा बितेको २४ घण्टामा भारतमा ७ हजार १ सय ८३ जनामा कोरोना देखिएको छ । त्यस्तै आजै २ सय ६० जनाले ज्यान गुमाएका छन् भने ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ६२ हजार ९ सय ४४ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ६३ हजार ९ सय ५ जनाको मृत्यु भएको छ भने हालसम्म २६ लाख २८ हजार ३ सय बढी मानिस निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?