बाँस जलाउन किन अशुभ मानिन्छ ?

काठमाडौं । हाम्रो हिन्दू धर्मशास्त्रमा बाँस बाल्न अशुभ मान्ने गरिएको छ । कुनै पनि हवन वा पूजाको बेला बाँस बालेर यज्ञ गर्नु अशुभ मानिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार बाँस बालेर हवनादि कार्य गर्नु आफ्नो वंशको विनाश गर्नु जस्तो मान्ने गरिन्छ । साथै पितृदोष पनि लाग्छ ।

आज हामी तपाईलाई बाँस नजलाउनुको रहस्यका बारेमा जानकारी दिनेछौँ ।

धार्मिक धारण

धार्मिक धारणाका अनुसार भगवान श्रीकृष्णले आफूसँग बाँसको बाँसुरी सधैँ राख्ने गर्दथे । त्यसैले बाँस कहिल्यै नजलाइने र जलाए अशुभ मानिने गरिन्छ ।

वास्तुशास्त्रका अनुसार

वास्तुशास्त्रका अनुसार बाँसलाई धेरै शुभ मानिन्छ । तपाईले विवाह, व्रतबन्ध आदि कार्यमा बाँसको पूजा तथा बाँसको मण्डपको बनाइने गरिन्छ । त्यसैले बाँस बाल्नु अशुभ मानिन्छ ।

नराम्रो आत्मा टाढा भाग्छन्

भनिन्छ बाँस यदि हाम्रो घर नजिक छ भने नराम्रो आत्माहरु टाढा भाग्छन् ।

वैज्ञानिक कारण

बाँसको दाउरामा लेड तथा अन्य विभिन्न प्रकारका धातु हुन्छन् । जसका कारण बाँस जलाउँदा धातुहरु आफ्नो अक्साइड बनाउन थाल्छन् । र वातावरणलाई दुषित बनाउँछन् ।

बाँस बाल्नु यति खतरनाक हुन्छ कि, यसले हाम्रो ज्यान पनि लिन सक्छ । किनभने यसको अंश हावामा मिसिन्छ र हामीलाई श्वास फेर्न गाह्रो हुन्छ ।

यो हाम्रो शरीरमा प्रवेश गरेर दुषित हावा दिन्छ । साथै बाँसमा रहेका किटाणुहरुले कलेजो सम्बन्धी समस्या बढाउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?