कोरोनाको प्रकोप : भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६२ हजार २४ जनाको मृत्यु भईसकेको छ भने ५९ लाख ६ हजार २०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २५ लाख ७९ हजार ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ७९९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४१३४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ७१ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै ७ हजार ३०० जना संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा भारतमा थपिएका कोरोना संक्रमितको संख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

त्यस्तै भारतमा बिहीवार मात्र १७७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?