कोरोनाको प्रकोप : अमेरिकामा घट्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा यतिबेला व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४७ हजार ८७३ जनाको मृत्यु भएको छ भने ५५ लाख ८८ हजार ३५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख ६५ हजार ७१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ९९ हजार ८०५ जनाको मृत्यु भएको छ भने १७ लाख ६हजार २२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ६४ हजार ६७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७२ हजार ४९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ११ हजार १५५ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ६०२ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा सोमवार मात्र १९ हजार ७९० जना संक्रमित थपिएका छन् भने सोमवार नै ५०५ जनाको मृत्यु भएको छ ।

गएको मार्च ३० यता अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा पहिलोपटक यति धेरै कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?