हालसम्म कति जनाको भयो कोरोना टेस्ट ? यस्तो छ विवरण

शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ८ र बागमती २१ हजार ७ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिममा १९ हजार ८ सय १७ गरी अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म आधिकारिक कोरोनाबाट संक्रमितको संख्या ५ सय ८४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?