श्रीमतीले खोजिरहिन् श्रीमान, अस्पतालले बिना जानकारी गरिदियो दाहसंस्कार

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा व्याप्त छ । कोरोनाबाट बच्नको लागि विभिन्न सतर्कता अपनाइए पनि यसको प्रकोप फैलिँदै गईरहेको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ३० हजार ९९४ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख२८ हजार ६३५ जनालाई संक्रमण भएको छ ।

यसैबीच भारतको हैदराबादमा अनौठो घटना भएको छ । त्यहाँ गान्धी अस्पतालमा भर्ना भएका कोरोना संक्रमित केहि दिनबाट बेपत्ता भए ।

बेपत्ता पीडितकी श्रीमतीका अनुसार श्रीमान र उनकी दुई छोरी कोरोना संक्रमण भएको कारण अस्पतालमा भर्ना भएका थिए ।

उनीहरु ठीक भएपछि १६ मेमा अस्पतालबाट डिस्चार्ज भए । तर उनका श्रीमान अहिलेसम्म बेपत्ता छन् ।

श्रीमतीका अनुसार उनका ४२ वर्षीय श्रीमान कोरोना संक्रमणका कारण गान्धी अस्पतालमा भर्ना भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिको नाम ए मधुसुदन रहेको छ । उनकी श्रीमतीको नाम आलमपल्ली माधवी रहेको छ ।

उनले श्रीमान बेपत्ता भएपछि एक ट्वीट गरेकी थिइन् । उनले ट्वीट गर्दै तेलंगना सूचना प्रौद्योगिकी मन्त्री केटी रामरावलाई पनि ट्याग गरेकी थिइन् ।

आफ्नो ट्वीटमा उनले उनका पति अस्पतालबाट १६ मेदेखि हराएको बताएकी थिइन् । उनले लेखिन्, २७ अप्रिलमा किंग कोठी अस्पतालमा उनी भर्ना भएका थिए ।

त्यसपछि उनलाई ३० अप्रिलमा गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

डाक्टरका अनुसार उनका श्रीमानको १ मेमा मृत्यु भएको थियो र २ मेमा अन्तिम संस्कार भएको थियो ।

त्यस्तै गान्धी अस्पतालका केहि अधिकारीहरुले १ मेमा मृत्यु भएको र उनलाई भोलिपल्ट ग्रेटर हैदराबाद नगर निगमका अधिकारीद्वारा उनका परिवारलाई सूचीत गरेर उनको अन्तिम संस्कार गरिएको थियो । र परिवारका कोहि पनि नआएपछि पुलिसलाई शव जिम्मा लगाएर उनको अन्तिम संस्कार गरिएको थियो । तर माधवीले भने शवको दाहसंस्कारका लागि अस्पतालले उनको अनुमति नलिएको बताएकी छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म ३ हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख १४ हजार ४७८ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?