दाङ । दाङको घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरी भारतको सीमा क्षेत्रमा आइपुगेकाहरुको उद्धार शुरु गरेको छ ।
कोरोना सङक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण सीमामा अलपत्र नगरका बासिन्दालाई सीमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टाइन पुर्याउन शुरु गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए।
उपहानगरपालिकाका करीब एक हजार तीन सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ ।
अहिले प्रत्येक वडाले विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम थालेको उपमहानगरले जनाएको छ ।
तत्कालका लागि करीव ५० जना अट्ने गरी प्रत्येक वडामा क्वारेन्टाइन निर्माणको काम भइरहेको बताइएको छ ।
नगरले आइतवार कोइबासस र कृष्णनगर नाकामा आएका नागरिकलाई उद्धार गरेर घोराही ल्याएको नगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिए।
भारतका चण्डीगढ, हरियाणा र दिल्लीबाट सीमामा आइपुगेकाहरुलाई उद्धार गरेर घोराहीका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया