खोस्टमा बम बिस्फोट हुँदा छ घाइते

खोस्ट । अफगानिस्तानको खोस्टमा स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बिछ्याइएको बम बिस्फोट हुँदा छ जनाको ज्यान गएको छ ।

अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत ६ जना घाइते भएका जनाएको छ । सेनाले सबै घाइतेलाई तत्काल उद्धार गरी खोस्ट सिभिल हस्पिटलमा भर्ना गरिएको बताएको छ ।

पछिल्लो समय तालिबान समूहले आम नागरिक र सरकारी निकायमा कार्यरत व्यक्तिलाई लक्षित गरी आक्रमण गर्न थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?