काठमाडौ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस ( कोभिड-१९) बाट १५ लाख १५ हजार ३ सय ११ जना संक्रमित भएका छन् । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ९० हजार ३ सय ३२ जनाले कोरोनाको कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, ३ लाख ४० हजार ६ सय ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै १० लाख ४ हजार ३ सय ७० जना अहिलेपनि कोरोनासँग जुधिरहेका छन् अर्थात् उपचाररत छन् । जसमा १६ हजार २ सय ४ जनाको अवस्था गम्भिर रहेको छ । बितेको २४ घण्टामामात्र अमेरिकामा ७ हजार ५ सय ३८ जना नया संक्रमित देखिए भने २ सय १९ जनाको मृत्यु भएको छ । त्यहाँको न्यूयोक राज्यमामात्र ३ लाख ५८ हजार ९९ जनामा कोरोना संक्रमण देखिएका छ । जससध्ये २८ हजार १३४ जनाको मृत्यु भएको छ । अन्य राज्यको अवस्था यस्तो छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३ लाख ४ हजार ६ सय ३ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ४३ हजार ८ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया