उत्तर कोरियाली नेता किमले दिए दक्षिण कोरियालाई धन्यवाद

प्योङयाङ, १ फागुन । उत्तर कोरियाली नेता किम जङ–उनले दक्षिण कोरियासँग आफूले मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन् दक्षिण कोरियाको प्योङचाङमा आयोजित शीतकालीन ओलिम्पिकमा आफ्ना उच्च अधिकारीले सहभागिता जनाएर फर्किएपछि उनले सो प्रतिनिधिमण्डलसँग प्रतिवेदन समेत लिएका छन् आफ्नी बहिनीसहितको प्रतिनिधिमण्डल प्योङयाङ फर्किएपछि उनले दक्षिण कोरियाको सकारात्मक प्रयासका लागि धन्यवाद दिएका छन् उत्तर कोरियालाई शीतकालीन ओलिम्पिकका लागि प्राथमिकता दिने दक्षिण कोरियाको कदमलाई किमले एकदमै सकारात्मक रुपमा लिएको उल्लेख गरिएको छ उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनए समाचार संस्थाले उत्तर कोरियाली नेतालाई उद्धृत गर्दै मेलमिलापपूर्ण सम्बन्धलाई अझ न्यानो बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?