काठमाडौं । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि व्याप्त छ । नेपालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा संक्रमितको संख्या २७८ पुगेको छ ।
आज काभ्रेपलाञ्चोकका २६ वर्षीय पुरुष र सिरहाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका २७ वटा जिल्लमा कोरोना भाइरसको संक्रमण फैलिएको हो ।
हालसम्म कर्णालीबाहेक सबै प्रदेशमा कोरोना फैलिएको छ । नेपालमा केहि दिनअघि विदेशबाट स्वास्थ्य सामाग्री ल्याएपछि परीक्षणको दायरा बढाइएको छ ।
यसरी दायरा बढाईदै लैजाँदा संक्रमित तीव्र गतिमा बढीरहेका छन् । हिजो शुक्रवार बिहान ९ र बेलुका ९ गरी एकैदिन १८ जनामा संक्रमण देखिएको थियो ।
संक्रमितमध्ये ३६ जना निको भएका छन् । उनीहरुमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
प्रदेश नम्बर १ मा ३६ जना, प्रदेश २ मा १०९ जना, वाग्मती प्रदेश १६ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०९ जना, सुदूरपश्चिमप्रदेशमा ५ जना गरी कुल २ सय ७८ जना संक्रमित रहेका छन् ।
यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका २७ जिल्ला
पर्सा-९१
रुपन्देही-२८
उदयपुर-३३
कपिलवस्तु-४२
बाँके-३३
काठमाडौं-९
धादिङ-१
कैलाली-४
बारा-३
धनुषा-४
रौतहट-३
बाग्लुङ-२
चितवन-३
झापा-२
महोत्तरी-३
भक्तपुर-२
बर्दिया-२
भोजपुर-१
कञ्चनपुर-१
नवलपरासी (पश्चिम)-१
सप्तरी-१
सर्लाही-२
पूर्वी नवलपरासी-१
मकवानपुर-१
दाङ-३
सिरहा-१
काभ्रेपलाञ्चोक-१
यसैबीच कोरोनाको महामारीबाट विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ८ हजार ९८५ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख ४७ हजार ९६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ७० हजार ९९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ९६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया