काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ३ लाख ८ हजार ९२७ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख ४३ हजार १७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ६८ हजार ५१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ९७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको रुसमा आज मात्रै १९ जनाको मृत्यु भईसकेको छ भने ९ हजार २०० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै त्यहाँ अहिलेसम्म २ हजार ५३७ जनाको जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६३ हजार १६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यहाँ शुक्रवार १० हजार ५९८ जना नयाँ संक्रमित थपिएका थिए भने ११३ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया