काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ३ लाख ३ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने ४५ लाख २६ हजार ९३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ५ हजार ६७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८६ हजार ९१२ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ५७ हजार ५९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ लाख १८ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २७ हजार ४२६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५३ हजार ९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा ९ हजार ९४६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४४ हजार २४ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा बिहीवार मात्र २७ हजार २४६ जना नयाँ संक्रमित थपिएका छन् भने बिहीवार नै १ हजार ७१५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया