भारतमा कोरोनाको प्रकोप : एकैदिनमा थपिए हजारौँ संक्रमित, मृतक झनै बढ्न थाले

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ३ लाख ३ हजार ४०७ जनाको मृत्यु भईसकेको छ भने ४५ लाख २६ हजार ९३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १७ लाख ४ हजार २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६४९ जनाको मृत्यु भएको छ भने ८२ हजार ५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ५५ जना नयाँ संक्रमित थपिसकेका छन् भने २७ हजार ९६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

भारतमा बिहीवार मात्रै ३ हजार ९४२ जना नयाँ संक्रमित थपिएका छन् भने बिहीवार नै ९८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?